सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेयर लगानीकर्तामाथि लाठीचार्ज, प्रहरीले खोल्यो ताला

। फोटो स्रोत ।
२०७५ चैत्र १०, ०१:५५

नेपाल धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएर बसेका सेयर लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ। सेयर बजार विकास र विस्तारको माग राख्दै बोर्डको मुख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको छ। प्रहरीले लगानीकर्तालाई लखेटेपछि कार्यालयमा लगाएको तालासमेत खुलाएको छ। लगानीकर्ताले बिहान कार्यालय खुल्नुअघि कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए। लगानीकर्ताले ताला लगाएपछि बोर्डका एक जना कर्मचारी भित्र थुनिएका थिए भने बाँकी ३० भन्दा बढी कर्मचारी बाहिर रोकिएका थिए।
लगानीकर्ताको आन्दोलनले बोर्डको काम कारबाही प्रभावित भए पछि प्रहरीको मद्दत लिएको बोर्डले बताएको छ। सांभार - अनलाईन खबर 
 

कमेन्ट लोड गर्नुस