आज सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं: नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाला सुनको कारोबार मूल्य स्थिर रही प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ।
महासंघकाअनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै चाँदी पनि अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ नै कायम रहेको महासङ्घले जनाएको छ।