सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु-१९ क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

२०७९ मंसिर १९, १०:०६ खबर संवाददाता

धनगढी: काठमाडौँमा जारी यु-१९ क्रिकेटमा आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। 

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो। डिफेन्डिङ च्याम्पियन लुम्बिनी समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनल पुगेको हो। प्रतियोगिताको विजेताले २ लाख नगद र उपविजेताले १ लाख नगद पाउनेछन्। यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउनेछन्। 
 

कमेन्ट लोड गर्नुस