बाजुरामा एमालेका उम्मेदवार थापा २७४९ मतले पछाडि
धनगढीः नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा २७४९ मतले गछाडि परेको छन्।
बाजुरामा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका थापा काँग्रेसका उम्मेदवार बद्रि पाण्डेसँग २७४९ मतले पछाडि परेका हुन्। जिल्लामा प्रतिनिधि सभा सदस्यको १७६६७ मत गणना हुँदा थापाको थापाको ७२१० मत छ। नेपाली काँग्रेसका उम्मेदवार पाण्डेले ९९५९ मत पाएका छन्। जिल्लामा राप्रपाका उम्मेदवारको ५३ र स्वतनत्र उम्मेदवारको ५५ मत छ। जसपाको २० मत मात्र छ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार बलदेव रेग्मी अगाडि छन्। जिल्लाको प्रदेश १ मा १५२२४ मत गणना हुँदा रेग्मीको ७०४५ मत छ। एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीको ६८९३ छ।
प्रदेश सभा २ मा नेपाली काँग्रेसका उम्मेदवार पदमबहादुर शाही अगाडि छन्। उनको ७८४३ मत छ भने एमालेका उम्मेदवार लालबहादुर थापाको ७३०० मत छ। प्रदेश सभा २ मा १५६३९ मत गणना भएको छ। जिल्लामा मतगणना जारी छ।