सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा प्रेम आले निर्वाचित

२०७९ मंसिर ८, ०६:११ खबर संवाददाता

धनगढी: डोटीमा प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन्। बिहीबार बिहान मतगणना सम्पन्न हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका छन्। आलेले २७ हजार २१० मत प्राप्त गरे। एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए।राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत पाए।

कमेन्ट लोड गर्नुस