सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको प्रदेश सभा २ मा ओली विजयी

२०७९ मंसिर ७, १२:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिँह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन्।

डोटीको प्रदेश निर्वाचन क्षेत्र २ बाट ओली विजयी भएका हुन्। उनले १४०४७ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई हराएका हुन्। बमले १३१२८ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत ल्याएका छन।

उक्त क्षेत्रमा ३०२३४ मत खसेको थियो। २८५०२ मत सदर भएका छन भने १७३२ मत बदर भएका छन्। 


 

कमेन्ट लोड गर्नुस