सुदूर नेपाललाई विश्वसँग जोड्दै

लगानीकर्ताले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकोमा ध्यानाकर्षण

। फोटो स्रोत ।
२०७५ चैत्र ६, ०२:१६ खबर संवाददाता

नेपाल धितोपत्र बोर्डले केही लगानीकर्ताले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक विकासका लागि आर्थिक साधन परिचालनमा धितोपत्र बजारको महत्वलाई दृष्टिगत गरी नेपाल सरकार तथा बोर्डबाट वजारको सुधार र विकासका लागि द्रुत रूपमा काम भइरहकोे तथा नेपाल सरकारद्वारा गठित मुद्रा तथा पुँजीबजार सम्बन्धी कार्यदलको सुझावअनुसार केही कार्य सम्पन्न भइसकेको बोर्डले जनाएको छ। त्यस्तै यससम्बन्धी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको, बोर्डले कानुनी संशोधनको काम अगाडि बढाइरहेको तथा तोकिएको सिमाभित्र केही सुधार गर्ने क्रममा रहेको अवस्थामा राष्ट्रको प्रगतिसँग गाँसिएको यही चैत १५ र १६ गते काठमाडौंमा हुने दोस्रो अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा उक्त सम्मेलनलाई समेत प्रतिकूल प्रभाव पार्ने गरी लगानीकर्ताको हकहित हेर्ने केही लगानीकर्ता संघ(संस्थाबाट आन्दोलनको कार्यक्रम सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको हो।

कमेन्ट लोड गर्नुस