सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर १ः तामाङ अघिअघि, मगर पछिपछि

२०७९ मंसिर ६, ०२:१८ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को ५ हजार ४ सय १ मत गणनाको परिणाम सार्वजनिक भएको छ। यहाँ नेकपा (एमाले) दोब्बर मतले अघि छ। सुरुआती अग्रता लिएका एमाले उम्मेदवार तारा लामा तामाङले २ हजार ९ सय १७ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादीकी उम्मेदवार बिना मगरले १ हजार ५ सय ७५ मत ल्याएकी छन्।

त्यस्तै प्रदेशसभा १ मा पनि एमालेको अग्रता कायमै छ।  ४ हजार ८ सय १६  मतगणना हुँदा एमालेका वीरबहादुर थापा (पातल) ले २ हजार ४ सय मत पाएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धन (कांग्रेस)का उम्मेदवार बन्धु रानाले १ हजार ५ सय ४७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा २ मा भने गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दिवान विष्टले अग्रता कायमै राखेका छन्। यहाँ ४ हजार ९ सय ७० मत गणना भएको छ। विष्टले १ हजार ७ सय २५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले १ हजार ४ सय ९२ मत पाएका छ्।

कञ्चनपुर क्षेत्र १ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेको थियो।

कमेन्ट लोड गर्नुस