सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ मा ४२९८ मत गणना, बिना मगरको कति ?

२०७९ मंसिर ६, ०८:२९

धनगढीः कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना भएको छ। उक्त निर्वाचन क्षेत्रमा  एमालेका उम्मेदवार तारालामा तामाङले दोब्बर मतले अग्रता गरिरहेका छन्। नेकपा एमालेका उम्मेदवार तामाङको २२७४ मत छ।

यस्तै माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ११८४ मत पाएकी छन्। यस्तै राप्रपाका उम्मेदवारले १०७ मत पाएका छन्। २४९ मत बदर भएको छ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा पनि एमालेका उम्मेदवार अगाडि छन्। ३८६६ मत गणना हुँदा प्रदेश सभा १ मा एमालेको १८३७ मत छ। नेपाली काँग्रेसका उम्मेदवारको १२४७ मत छ। यस्तै जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (२)मा ४२७० मत गणना भएको छ। उक्त निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार अगाडि छन्। काँग्रेसको १५७९ मत छ। एमालेका उम्मेदवारको १३४० मत छ। 


 

कमेन्ट लोड गर्नुस