कैलाली उद्योग बाणिज्य संघद्धारा होली मिलन कार्यक्रमको आयोजना
कैलाली उद्योग बाणिज्य संघले होली मिलन कार्यक्रमको आयोजना गरेको छ। होली पर्व एक अर्काको सम्बन्ध बलियो बनाउने भन्दै होलीको शुभकामना आदानप्रदान सहित होली मिलन कार्यक्रमको आयोजना गरिएको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड, नेपाल टेलिकम धनगढीका प्रमुख सुरतबहादुर मल्ल, नेपाल खानेपानी संस्थान कैलालीका प्रमुख अरविन्द्रलाल कर्ण, कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारी सहित बस्तुगत कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि लगायत उद्योग बाणिज्य संघका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो।