कञ्चनपुरमा ६० प्रतिशत मत खस्यो
धनगढी: कञ्चनपुरमा ६० प्रतिशत हाराहारी मत खसेको छ। कञ्चनपुरमा आज भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६० प्रतिशत हाराहारी मत खसेको अनुमान गरिएको हो।
मुख्य निर्वाचन अधिकृत ध्रुव शाहका अनुसार अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको छ। प्रतिनिधि सभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कूल तीन लाख २ हजार ५०९ मतदाता रहेका छन्। मतदाताको संख्याको ६० प्रतिशत गर्दा १ लाख ८१ हजार आसपास मत खसेको छ।