कञ्चनपुरमा कांग्रेस नेता जोशीको घर नजिकै शंकास्पद वस्तु फेला
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ। आइतबार दिउँसो नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।
नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु डिस्पोज गरेको छ। महेन्द्रनगर माध्यमिक विद्यालय मतदान केन्द्र नजिक रहेको जोशीको घरको पर्खालमा अज्ञात व्यक्तिले शंकास्पद वस्तु राखेको प्रहरीले जनाएको छ।