दार्चुलामा पूर्व पालिका अध्यक्षको मोटरसाइकल जलाइयो
धनगढीः दार्चुलामा पूर्व पालिका अध्यक्षको मोटरसाइकल जलाइएको छ। जिल्लाको व्याँस गाउँपालिकाका पूर्व अध्यक्ष दिलिपसिंह बुढाथोकीको मोटरसाइकल जलाइएको हो।
प्रहरीका अनुसार शनिबार राति व्याँस गाउँपालिका–४ दोकटस्थित हरेन्द्रसिंह विष्टको घर बाहिर पार्किङ गरिएको बागमती प्रदेश ०२०२७ प ८०५१ नम्बरको मोटरसाइकलमा अपरिचित व्यक्तिले जलाएको हो। अहिलेसम्म ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
‘आगजनी गर्नेहरुको परिचय खुलेको छैन्,’ उनले भने, ‘त्यसबाहेक जिल्लामा अहिलेसम्म निर्वाचन प्रभावित पार्ने घटना भएका छैनन्।’