प्रदेश कमाण्ड पोष्टद्वारा बैतडीको शान्ति सुरक्षाबारे अनुगमन
बैतडी: बैतडी सुदूरपश्चिम प्रदेश कमाण्ड पोष्टले बैतडीको शान्ति सुरक्षाका बारेमा अनुगमन गरेको छ। प्रदेशका प्रमुख सचिव नारायणप्रसाद दुवाडी शर्मा नेतृत्वको कमाण्ड पोष्टले बैतडीको शान्ति सुरक्षाका बारेमा अनुगमन गरेको हो।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार बुधबार बैतडी पुगेको टोलिले निर्वाचन लक्षित सुरक्षा अवस्था, निर्वाचन तयारी, सुरक्षा परिचालन लगायतका बारेमा अनुगमन गरेको थियो। टोलिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लास्थित सुरक्षा समितिले गरेको तयारीका बारेमा जानकारी लिएको उनले बताए।
टोलिमा सुदूरपश्चिम पृतना हेडक्वाटरका उपरथी विजय थापा, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव माहानिरीक्षक मोहन आचार्य, शसस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक विश्वकुमार भट्टराईको पनि सहभागिता थियो।