वैशाख २२ गतेदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग हुने
धनगढीः अखिल नेपाल फूटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फूटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमवार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो।
एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्च समेत बढाएको छ। एन्फाले यसपटक तयारी खर्चबापत क्लबलाई ११ लाख रुपैयाँ दिने भएको छ।
यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार रुपैयाँ तिर्दै आएको थियो।