सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि डाक्टर

२०७९ कार्तिक २९, ०६:१३ खबर संवाददाता

धनगढी: बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले एक वर्षपछि एमबिबिएस डाक्टर पाएको छ। नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि एक वर्षदेखि डाक्टरविहीन बनेको  प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले अहिले एमबिबिएस डाक्टर पाएको हो।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर सन्जिन केसी आइपुगेका मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणबहादुर चन्दले बताए। मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा धेरै समस्या भइरहेकोमा अब मेडिकल अधिकृत आएकाले नागरिकहरुलाई उपचारका लागि सहज हुने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए।

डाक्टर केशीले सोमबार आज देखि सेवा सुरु गरेका छन्। डाक्टर केसीले २०८० बैशाख अन्तिमसम्मको करार नियुक्त पाएका हुन्। 

कमेन्ट लोड गर्नुस