दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक खुल्यो
दार्चुला: दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका थिए।
जिल्लाको गोकुलेश्वर–खार खलंगा सडकको धुलीगडा क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसमा आवद्ध कार्यकर्ताहरुले हिजो (आइतबार) रातिदेखि सडक अवरुद्ध पारेका थिए।
उक्त सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। हिजो नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धनको टोली र नौगाडको जामिरमा आयोजित आमसभामा गइरहेको एमाले कायकर्ताको टोलीबीच झडप भएको थियो।