सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एमालेको जित निश्चित, कसैले रोक्न सक्दैन्ः ठगुन्ना

२०७९ कार्तिक २८, ०४:०१ खबर संवाददाता

दार्चुलाः नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिह ठगुन्नाले जित निश्चित भएकाले अब कसैले रोक्न नसक्ने बताएका छन्।

आइतबार नौगाड गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘जिल्लाभरी एमालेको पक्षमा जनलहर बढेको छ, ढुक्क भएर चुनावमा मतदन गर्नुहोस्,’ उनले भने, ‘हाम्रो जित निश्चित छ, अब कसैले छेक्न सक्दैन्, जनतालाई धम्क्याउँने काम बन्द गर्नुहोस्, एमालेको जस्तै विकासको लहर ल्याएर देखाउनुहोस्।’

खार–खलंगा सडक कालोपत्रेको काम अगाडी बढाइएको उनले बताए। ‘दुई वर्षभित्र विद्यूतीकरण पूरा हुन्छ । पर्यटकीय क्षेत्रमा बजेट विनियोजन गरेका थियौं, अहिले काम भइरहेको छ,’ उनले भने, ‘एमालेले मात्रै विकास गर्छ, अधुरा काम पूरा गर्नु छ, मत दिएर जिताउनुहोस्।’

तीन वर्षभित्र तिंकर नाकासम्म सडक पुगाउने उनले प्रतिबद्धता गरे। ‘धेरै विकास योजनाको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको कारण अलपत्र हुने अवस्थामा पुगेको छन्,’ उनले भने, ‘ती योजनामा बजेट बढाएर सम्पन्न गर्छौ।’ 
 

कमेन्ट लोड गर्नुस