खानेतेलको मूल्य फेरि बढ्यो
काठमाडौं: खानेतेलको मूल्य बढ्न थालेको छ। रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दसैँतिहार सुरु भएसँगै केही घटेको थियो। तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ।
खुद्रा व्यापार संघका अनुसार हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको छ। दसैँको बेला प्रतिलिटर २४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २८० रुपैयाँसम्म पर्न थालेको छ। ३२० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३४० रुपैयाँसम्म पुगेको छ भने २५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ।