अत्तरियामा समृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा समृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फागुन २७ गतेबाट शुरु भएको कार्यक्रम आईतबार सम्पन्न भएको हो। गोदावरी चेम्बर अफ कमर्सको आयोजनामा भएको कार्यक्रममा गोदावरी नगरपालीकाले सहकार्य गरेको थियो। यस्तै एभरेष्ट एकेडेमी, कैलाली अस्पताल, बुद्ध डेण्टल, पदमा अस्पताल, कैनोडा आईएमई सेन्टर, मनाङ्ग बचत तथा ऋण सहकारी, जनता बैंक लगायत संस्थाहरुले सहयोग गरेका थिए। अत्तरिया क्षेत्रका व्यापारीहरुलाई बिभिन्न कुराहरुमा सहज होस भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको चेम्बर अफ कमर्सले जनाएको छ।
सात दिने प्रशिक्षण कार्यक्रम अन्तर्गत भ्याट, अडिटिङ्ग, ईनकम ट्याक्स, प्रोजेक्ट रिर्पोट, ट्याली ट्रेनिङ्ग, सफ्ट्वयर सर्भिस, पार्ट टाईम अकाउन्ट राईटिङ, व्यक्तित्व विकास, विउ विजन तथा कृषि, व्यापारी सुरक्षा, स्वास्थ्य, बिद्युत र पानी विल तिर्ने सम्बन्धी प्रशिक्षण भएको गोदावरी चेम्बर अफ कमर्सले बताएको छ। अन्तरक्रिया तथा छलफलमा गोदावरी नगरपालिका भित्र रहेका व्यवसायिक शान्ति शुरक्षा, यातायात, शिक्षा, स्वास्थ्य, संचार, स्वच्छ पानी, बिद्युत, खेलकुद, कला संस्कृती, पर्यटन, बधशाला निर्माण, ग्रिन गोदावरी सम्बन्धी बिषयहरु रहेका थिए। यस्तै क्लिन गोदावरी अन्तरगत सम्बन्धीत निकायबाट अनुमती नलिई नगरपालीका भित्र प्लाष्टिक जन्य सामग्री बिक्रि बितरण, कोट पाईन्ट बिक्रि बितरण, ग्यास चुला बिक्रि बितरण, गलैचा, राडी, पाखी, कम्बल, फेन्सी सामाग्री जस्ता क्रियाकलाप लाई रोकी सम्बन्धीत निकायमा नियमन र व्यवस्थित गर्न गराउन सम्बन्धी छलफल भएको चेम्बरका अध्यक्ष बिनोद मल्लले बताए। अत्तरियाका व्यापारीहरुले सानो कामकालागी पनि धनगढी धाउनुपर्ने बाध्यतालाई सहजीकरण गर्नका लागि एक हप्ता सम्म बिभिन्न बिषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको मल्लले बताए। सात दिन सम्म सञ्चालन भएको समृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई कविराज रेग्मीले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा आन्तरिक राजश्वका कार्यक्रम प्रमुख गोबिन्द अधिकारी र कर अधिकृत काशीराज पौडेलको सहभागिता रहेको थियो। त्यस्तै नेपाली लोकदोहोरीमा पिएचडि गरेकी अमेरिकन नागरिक डाक्म्टर आनाको पनि सहभागिता रहेको थियो। उनले प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली लोक संस्कृतिलाई जब सम्म अन्तराष्ट्रिय स्तरमा प्रचार गर्न सकिदैन तब सम्म पर्यटन र कला संस्कृतिलाई उद्यमको रुपमा लिन गाह्रो हुने बताईन्। चेम्बर अफ कमर्सका अध्यक्ष मल्लको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमको समापन गोदावरी नगरपालीकाका नगरप्रमुख हरि सिहं साउद प्रमुख अतिथी रहेका थिए।
आईतबार भएको समापन कार्यक्रममा स्थानिय जनप्रतिनिधी, व्यापारी, बिद्यार्थी, शिक्षक, पत्रकार, राजनितिकदल लगायतको सहभागिता रहेको थियो। गोदावरी चेम्बर अफ कमर्सका उपाध्यक्ष तारादत्त जोशीको स्वागत मन्तव्य संगै शुरु भएको समापन कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव लिला सापकोटाले गरेका थिए।
अत्तरियाका पुराना ब्यबसायीहरुलाई सम्मानित
अत्तरिया क्षेत्रमा २०३२ साल देखि व्यापार व्यवसाय गर्दै आएका ब्यबसायीहरुलाई गोदावरी चेम्बर अफ कमर्शले सम्मान गरेको छ। सम्मानित हुनेहरुमा स्वर्गीय व्यवसायी जयप्रकाश महोपालकी धर्मपत्नी श्रीमती प्रेमा महोपाल, स्व.जयप्रशाद पाण्डेयकी धर्मपत्नी श्रीमती बासो देवी पाण्डेय रहेका छन्।
यस्तै चेम्बरले ईस्वरी प्रशाद जोशी, रघुनाथ पाठक र केशव आचार्यलाई मानार्थ सदस्य सहित सम्मानित गरेको हो। लामो समयदेखि यसक्षेत्रमा ब्यबसाय गरेर यस क्षेत्रको बिकास र ब्यबसायीको गरिमालाई उच्च राखेको भन्दै उनिहरुलाई सम्मान गरिएको गोदावरी चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले जानकारी दिए। यस्तै सञ्चार क्षेत्रमा योगदान पु¥याएको भन्दै संस्थाले अत्तरिया क्षेत्रका मिडियाहरुमा कार्यरत समाचारदातारुलाई पनि सम्मान गरेको छ।