सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कक्षा ८ को प्रश्नपत्र हरेक दिन आउट

२०७५ चैत्र ४, ०८:१७ नवराज पनेरु

धनगढी उप–महानगरपालिकाले सञ्चालन गरिरहेको आधारभुत तह अन्तिम परीक्षा (कक्षा ८) को प्रश्नपत्र हरेक दिन आउट हुन थालेको छ। फागुन २६ गतेदखि परिक्षा सञ्चालन भएकोमा हरेक दिन प्रश्नपत्र आउट हुन थालेको हो। 
एकिकृत अखिल नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष धनवहादुर सिंहले हरेक दिन प्रश्नपत्र आउट हुन थालेपछि कक्षा ८ को परिक्षाको विश्वसनियता, वैधानिकतामाथि नै प्रश्न खडा भएको बताए।

उनले हरेकदिन प्रश्नपत्र आउट भईरहेको र प्रश्नपत्र छपाइमा पनि धेरै त्रुटि भेटिएको बताए। प्रश्नपत्र एक दिन अगाडी नै आउट हुन थालेको नाम नभन्ने शर्तमा एक जना विद्यार्थीले बताए। उनले प्रश्नपत्र हरेक परिक्षाको आउट हुन थालेपछि ८ कक्षाको परिक्षाको कुनै विश्वसनियता नै नहुने बताए। 

धनगढी उप–महानगरपालिकाले नीजि विद्यालयको दवावमा यो बर्ष परिक्षा सञ्चालन गर्दा होट सेन्टरको नीति अवपनाएको छ। एकिकृत अखिल नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष तथा कक्षा ८ को परिक्षा सञ्चालन समितिका सदस्य सिंहले परिक्षा सञ्चालनका लागि उप–महानगरपालिकामा २१ वटा सेन्टर तोकिएपनि अन्त्यमा उप–महानगरपालिकाले होम सेन्टरको नीति लागु गरेको आरोप लगाए। उनका अनुसार नीजि विद्यालयले होम सेन्टर नै हुनुपर्ने भन्दै नीजि विद्यालयका सञ्चालकहरुले २ दिन सम्म उप–महानगरपालिकाका जनप्रतिनिधिहरुलाई दवाव दिएका थिए। होम सेन्टर भएकै कारण नीजि विद्यालयहरुले नतिजा राम्रो ल्याउन हरेक दिन प्रश्नपत्र आउट गरेको आरोप पनि लागेको छ। उक्त कुरा उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख दमनसिंह चौधरी पनि केहि हद सम्म सहि भएको बताउँछन्। 

उनले कक्षा ८ को परिक्षा सञ्चालन गर्दा निकै कमजोरी भएको स्वीकार गरे। विषगत शिक्षकहरुलाई बोलाएर प्रश्नपत्र तयार पारेको र विद्यालयहरुलाई एक पटक प्रश्नपत्र पठाएको बताए। विभिन्न विद्यालयबाटै प्रश्नपत्र आउट भएको हुन सक्ने उनले बताए। उनले विद्यार्थीहरुलाई अन्य विद्यालयमा सेन्टर तोकिए परिक्षा दिन समस्या हुने भएकाले होम सेन्टरको नीति अबलम्बन गरेको बताए। 

 

आउट भएको प्रश्नपत्र

परिक्षाको दिन दिईएको प्रश्नपत्र

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस