प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई
काठमाडौंः प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। त्रिवि क्रिकेट मैदान भएको फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनु पूर्व १७९ रन जोड्यो। विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको थियो।
उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ। सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार प्राप्त गर्यो।