सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको ऐतिहासिक सफलता, बंगलादेशलाई बराबरीमा रोक्दै च्याम्पियन

२०७९ कार्तिक २५, ०६:१७ खबर संवाददाता

काठमाडौँः नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ। ढाकामा भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो।

डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ। नेपाल प्रतियोगितामा अपराजित एक्लो टिम रह्यो। बंगलादेश भने सात अंकमै सीमित रह्यो। तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो। नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो।

महिला फुटबल इतिहासमा नेपालले उपाधि जितेको यो दोस्रो पल्ट हो। दक्षिण एसियाली फुटबलमै नेपालले उपाधि जितेको भने यो पहिलो पल्ट हो। यसअघि नेपालले २०१४ मा श्रीलंकामा भएको यू–१४ रिजनल च्याम्पियनसिप जितेको थियो। 

कमेन्ट लोड गर्नुस