सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धन हारे संविधान र व्यवस्था खतरामा पर्छः मन्त्री बडू

२०७९ कार्तिक २१, ०९:४९ खबर संवाददाता

दार्चुला: प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले सत्ता गठबन्धनले चुनाव हारे संविधान र व्यवस्था खतरामा पर्ने बताएका छन्। आइतवार लोकतान्त्रिक बाम गठबन्धनद्धारा शैल्यशिखर नगपालिका–१ बलाचमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री बडूले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विगठन गरेकाले यो चुनावमा गठबन्धन हारे संविधान र व्यवस्था खतरामा पर्ने बताएका हुन्। 

ओलीको हातबाट संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको उनको भनाइ थियो। ‘मुलुक केपी ओलीका कारण अस्थिरतातर्फ जान थालेपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संविधान रक्षार्थ आन्दोलन गर्यौ’, मन्त्री बडूले भने, ‘संविधानमा नै नभएको व्यवस्था ओलीले मनलागी ढंगबाट गरेपछि अदालतको ढोकासम्म पुग्दा अन्तः हामी सफल भयौ र संविधान र व्यवस्था जोगियो।’

संविधान र व्यवस्था जोगाउन गठबन्धन नै जित्नुपर्ने मन्त्री बडूको भनाइ थियो। साथै उनले चुनाव आउँदा मात्र केपी ओलीको राष्ट्रबाद देखिने गरेको आरोप लगाए। यस्तै मन्त्री बडूले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नालाई दार्चुलेली जनताले संसद विगठन गर्ने केपी ओलीको किन साथ दिएको भनेर प्रश्न गर्नुपर्ने बताएका छन्। ‘ओलीले दुई–दुई पटक संसद विगठन गर्दा पनि गणेशसिंह ठगुन्ना जी मुख बन्द गरेर ओलीको साथ दिइरहे, उनले भने–अहिले फेरी कुन नैतिकताले मतदातासँग भोट मागिरहेका छन्।’

यसैबीच शैल्यशिखर नगरपालिका–२ देथलामा आयोजित चुनावी सभामा ५० जना एमाले कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन्। नेकपा एमाले शैल्यशिखर नगर कमिटी सचिव उत्तमबहादुर पाल, टोल कमिटि संयोजक अम्बादत्त भट्ट, महादेव ओड, नवराज ओड, गंगादत्त कपाडी, महादेव ओड, अर्जुन भट्ट, चन्द्र लुहार, गौरा भट्ट, अनिता जोशी, जोगि ओड, सुनिल महर, मोती महर, महन महर, प्रेम महर, जनक महर, मद्न महर, बिरभान महर, गंगा महर, पूर्णेश नेपाली, आशिष पाल, सुवाश पाल लगायत ५० जनाले काँग्रेस प्रवेश गरेको प्रदेश सभा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समिति संयोजक जगदीश बहादुर पालले जानकारी दिए। प्रवेश गरेका सबैलाई उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले टिका लगाइ पार्टीमा स्वागत गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस