सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

२०७९ कार्तिक २०, ०४:४६ खबर संवाददाता

धनगढीः बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ। जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो।  आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो। यस्तै आजै बाजुराको सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ। बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो। बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए। उनका अनुसार स्थानीय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिइएको थियो। 

आगोले तीन तले घर पुरै जलेर नष्ट भएको छ। तर, यहाँ मानविय क्षति नभएको प्रहरीको भनाइ छ। 

कमेन्ट लोड गर्नुस