धनगढीमा जलवायु न्यायका लागि साइकल यात्रा
धनगढीः धनगढीमा जलवायु न्यायका लागि साइकल यात्रा गरिएको छ। आइतबार दिगो विकास इष्टिच्युटको आयोजनामा धनगढीमा रहेका विभिन्न संस्थाहरूको सहभागितामा साइकल यात्रा गरिएको हो।
ग्रीन क्लिन धनगढी, जागौं युवा संस्था धनगढी, टीम नेपो, एसपीए थिएटर एण्ड आर्टस क्लव, लियो क्लव अफ धनगढी शिवपुरी, दशरथ चन्द बैतडी विद्यार्थी समाजको सहआयोजना साइकल र्याली गरिएको हो। साइकल र्यालीमा ६० बढी सायकल यात्रीको सहभागिता थियो।