दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा दुई दिन बिदा
दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा जात्रा भएकाले सार्वजनिक बिदा दिइएको दुवै स्थानीय तहहरुले सूचना प्रकाशन गर्दै जानकारी दिएका छन्।
आज र भोलि मालिकार्जुन धाममा जात्रा लाग्ने भएकाले नगरपालिका र गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ। मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मेला लाग्ने गर्दछ। सो मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।