सुदूर नेपाललाई विश्वसँग जोड्दै

अरिङ्गालको टोकाइबाट बैतडीका युवकको भारतमा मृत्यु 

२०७९ कार्तिक १९, ०५:५३ खबर संवाददाता

धनगढीः भारतमा अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको पिथौरागढमा रहेका सिगास गाउँपालिका ६ जडानीकोटका ३२ वर्षीय हरिभान धामीको मृत्यु भएको हो। 

बिहीबार साँझ उनको मृत्यु भएको बताइएको छ। पिथौरागढ जिल्लास्थित गिरेगडा भन्ने स्थानमा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका धामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको आफन्तले बताए। 

मृतक धामीको घरमा श्रीमती र दुई छोरा छन्। 

कमेन्ट लोड गर्नुस