बाजुरामा जिप दुर्घटना, ९ जना घाइते
धनगढी: बाजुरामा जिप दुर्घटना भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीबाट मार्तडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५७ नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको हो।
बुढीनन्दा–५ को बिरसैन नजिकै दुर्घटना हुदाँ ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार घाइते हुनेमा बुढीनन्दाको वडा नम्बर १० की सुकिली बोहरा, ९ का हिक्मत सार्की, ६ की पेमा लामा गुरुङ, हिमाली गाउँपालिका-४ की सुलोचना पाण्डे, जगन्नाथ गाउँपालिका-४ का राजु भण्डारी र पदमबहादुर भण्डारी, हिमाली–२ का राजमल रोकाया, सुनिता रोकाया र शर्मिला रोकाया रहेका छन्।
तीमध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका र ६ जनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।