सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

२०७९ कार्तिक १२, ०६:१० खबर संवाददाता

धनगढीः दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित सडकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–५ का हिमांशु शाही र पछाडी सवार सोही नगरपालिका–४ का बिरेन्द्र टमटा घाइते भएका हुन्।

टमटाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको प्रहरीले जनाएको छ। चालक शाहीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस