सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूद्वारा पारित  

२०७९ कार्तिक ११, ०५:२७ खबर संवाददाता

काठमाडौँ: सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार प्रभावकारी रुपमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ। जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि पनि त्यस्ता कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान ईयूका मुलुक एकमत भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन्। 

साथै नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको छ। 
 

कमेन्ट लोड गर्नुस