टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको दोस्रो हार
काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले जिम्बावेसँग हारेको छ। बिहीबार पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई १ रनले हराएको हो।
जिम्बावेले दिएको १ सय ३१ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ४४ रन बनाए।
मोहमद नवाजले २२ तथा शादब खानले १७ रन जोडे। मोहमद रिजवान १४ र मोहमद वासिमले १२ रन बनाए।
जिम्बावेका सिकन्दर राजाले ३ तथा ब्राड इभान्सले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभार्मना ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। जिम्बावेका लागि सिन विलियम्सले ३१ तथा क्रेग इर्भिन्सले १९ रन बनाए। ब्राड इभान्सले १९ रन जोड्दा वेस्ले माधिभिरेले १७ रन जोडे।
पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए। जितसँगै जिम्बावेले २ खेलमा ३ अंक जोडेको छ । समूह १ को जिम्बावे तेस्रो स्थानमा रहेको छ। पाकिस्तानको यो लगातार दोस्रो हार हो। पाकिस्तान पाँचौं स्थानमा रहेको छ।