सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा चितुवा आतंक

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक ९, ०७:२४ खबर संवाददाता

धनगढी: बैतडीको पुर्चौडीमा चितुवाले आतंक मच्चाएको छ। पुर्चौडी नगरपालिका-८ लामनीमा करिब एक महिनादेखि चितुवाले आतंक मच्चाइरहेको हो।

चितुवाले गाउँमै पसेर गोठमा बाँधेका बाख्रा खाने गरेको स्थानीय पिताम्बर जोशीले बताए। उनका अनुसार मंगलबार राति गाउँमा पसेको चितुवाले स्थानीय भुवनराज जोशीका पाँच ओटा बाख्रा मारेको छ। राति गोठमा पसेको चितुवाले दुई ओटा खसि लगेर गएको र तीन ओटा बाख्रा मारेर गएको जाशीले बताएका हुन्।

यस्तै अर्का स्थानीय देवदत्त जोशीका जंगल चराउनका लागि लगेका दुई बाख्रा पनि चितुवाले खाएको बताइएको छ। जंगलबाट चितुवा गाउँमा पसेर बाख्रा खान थालेपछि स्थानीय अहिले त्रसित बनेका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको स्थानीयहरुको दुखेसो छ। चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पसेर आतंक मच्चाउन थालेको विज्ञहरुको  भनाई छ। 
 

कमेन्ट लोड गर्नुस