सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

२०७९ कार्तिक ८, ०६:१४

एजेन्सी: ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बनेका छन्। राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बनेका बीबीसीले जनाएको छ।

बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेका हुन्। सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुन्। ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बनेका छन्। बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन्।

प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बनेका हुन्। यही वर्षको पहिलो पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि सुनक विजयी भएका हुन्। विपक्षीहरूले आम चुनावको माग गरे पनि सुनकले अस्वीकार गरेका छन्। 

कमेन्ट लोड गर्नुस