सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको धामी गाउँमा पुग्यो बिजुली 

२०७९ कार्तिक ८, ०४:२५ खबर संवाददाता

धनगढी: बैतडीको डिलाशैनी गाउँपालिस्थित धामी गाउँमा विजुली पुगेको छ। नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पालिकाको केन्द्रमा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोश प्रकाश जोशीले बताए।

उनले सोमबार लक्ष्मी पुजाका दिन धामी गाउँमा बिजुली बलेको बताए। वडा नम्बर ७ अन्तर्गत पर्ने धामीगाउँ, वसन्तपुरलगायतका गाउँमा ११ केभीको प्रशारण लाइनमार्फत बिजुली पुगेको बताइएको छ। लामो समयदेखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि  खुसी लागेको स्थानीयले बताएका छन्।

गाउँपालिकाले उज्यालो डिलाशैनी अभियान अन्तर्गत विद्युत विस्तार कार्यमा तीव्रता दिएको छ। यसअघि वडा नम्बर ५ को कार्यालयसम्म विद्युत विस्तार गरिएको थियो। पालिकाका अन्य बस्तीमा पनि विद्युत विस्तार भइरहेको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस