सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ कार्तिक ८, १२:२५ खबर संवाददाता

दार्चुलाः मंगलबार बिहान ब्यास गाउँपालिका ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ब्यास गाउँपालिका ४ का अन्दाजी ४० वर्षीय देवानसिंह बिष्टका घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका ४ डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्याक्टर दार्चुला तिंकर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेको छ।

कमेन्ट लोड गर्नुस