सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा राति ९ बजेपछि देउसी खेल्न नपाइने

२०७९ कार्तिक ६, ०४:३७ खबर संवाददाता

धनगढी: बैतडीमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबार सूचना जारी गर्दै तिहार अवधिमा राति ९ बजेपछि देउसी भैलो खेल्नमा रोक लगाएको हो।

चाडपर्वको समयमा विभिन्न अपराधिक गतिविधि हुनसक्ने भएकाले समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। उद्योगी, व्यवसायीहरुलाई स्वच्छ रुपमा आपूर्ती प्रणालीलाई नियमित गरी बजार व्यवस्थापन गर्न, अखाद्य समाग्रीको बिक्री वितरण नगर्न, पटाका भुइचम्पा जस्ता अतिसबाजी जस्ता राज्यले निषेध गरेका बिष्फोटक पदार्थहरुको बिक्री वितरण नगर्न पनि प्रशासनले सूचनामार्फत आग्रह गरेको छ।

तिहारलाई लक्षित गरेर शान्ति सुरक्षा मजबुत पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस