सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

२०७९ कार्तिक ६, ११:२७ खबर संवाददाता

धनगढी: स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद भन्ने नाराका साथ धनगढीमा राष्ट्रिय आरोग्य तथा धन्वन्तरी जयन्ती मनाइएको छ। आइतबार सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले जयन्ती मनाएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको चिकित्सालयमा औपचारिक कार्यक्रम गरिएको हो। कार्यक्रममा आयुर्वेदका प्रवर्तक धन्वन्तरीको पूजा गरिएको छ।

प्रादेशिक आयुर्वेद चिकित्सालयलका व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती कैलालीका सदस्य तेजबहादुर चन्द थिए भने विशिष्ट अतिथिमा प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्का, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी अधिकृत जयन्द्र बोगटी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझा रहेका थिए।

No description available.

कार्यक्रमको सञ्चालन भने सुरेन्द्र शाहीले गरेका थिए। चिकित्सालयका प्रमुख डाक्टर खगेन्द्र बमले कार्यक्रम स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमक  सहभागीहरूले आर्युर्वेद औषधि र उपचार पद्धतिको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।

No description available.

कमेन्ट लोड गर्नुस