सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वनका अध्यक्षकै केराबारीमा अवैध काठ भेटिएपछि...

२०७९ कार्तिक ५, ०६:३६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सामुदायिक वनका अध्यक्षकै केराबारीमा अवैध काठ भेटिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका २ स्थित एक सामुदायिक वनका अध्यक्षको केराबारीमा अवैध काठ भेटिएको हो। 

गडबजिबला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीको केराबारीमा अवैध सालको काठ भेटिएको सव डिभिजन वन कार्यालय बाणीले जनाएको छ। उनले लुकाएर राखेको काठ वन कार्यालयको टोलीले बरामद गरेपछि अध्यक्ष चौधरी र उनका भाई रामबहादुर चौधरी समेत फरार भएका छन्। 

उनीहरुले संयुक्त रुपमा सञ्चालन गरेको केराबारीमा सालका गोलिया लुकाइएको अवस्थामा भेटिएका थिए। केराबारीबाट ५९ दशमलव ८८ क्युफिट काठ बरामद गरिएको थियो। 

अध्यक्ष चौधरीसहितले वनबाट काठ चिरान गरी अवैध कारोबारका लागि केराबारीमा लुकाएको आशंका गरिएको छ। यता, वन कार्यालयले काठ बरामद भएपछि अनुसन्धान अघि बढाएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस