धनगढी-१७ को विशेषज्ञ वडा क्लिनिकमा १५० जनाको उपचार
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १५० जना बिरामीको उपचार भएको छ। शुक्रबार वडाको सहरी स्वास्थ्य केन्द्र धुर्जनामा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १५० जना बिरामीको उपचार भएको हो।
क्लिनिकमा ७१ जनाले जलरल फिजिसियनबाट सेवा लिएका र २३ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञको सेवा लिएको उपमहानगरले जनाएको छ। यस्तै वडा क्लिनिकमा ४३ जनाले आँखा उपचार गराएको, ९ जनाको दन्त रोगको उपचार गरिएको र ५ जनालाई प्रयोगशाला सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ।
क्लिनिकमा १२ जनाले अल्ट्रासाउन्ड, ६ जनाले ईसीजी र ११ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका १३ जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने २५ जना बिरामीलाई रेफर गरिएको छ।