सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बागी उम्मेदवारलाई जिताउन काँग्रेसका वडा सभापतिले दिए राजीनामा

हरिमोहन भण्डारी
हरिमोहन भण्डारी
२०७९ कार्तिक ४, ०८:०७ खबर संवाददाता

धनगढीः बैतडीमा बागी उम्मेदवारलाई सघाउने भन्दै नेपाली कांग्रेसका वडा सभापतिले पदबाट राजीनामा दिएका छन्। डिलाशैनी गाउँपालिका–३ का वडा सभापति सोपानसिंह बोहराले पदबाट राजीनामा दिएका हुन्।

बोहराले प्रदेशसभा (१) मा काग्रेसबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई सहयोग गर्ने भन्दै बोहराले बुधबार सभापतिबाट राजीनामा दिएका हुन्।

उनले कार्यकर्ताले भण्डारीलाई रुचाएको र डिलाशैनीमा समेत हरिमोहनको पक्षमा कार्यकर्ता रहेकोले आफूले भण्डारीलाई चुनावमा जिताउन सहयोग गर्ने भन्दै राजीनामा दिएको बताएका छन्।

कमेन्ट लोड गर्नुस