बाजुरामा अटोबाट खसेर एक जनाको मृत्यु
धनगढी: बाजुरामा अटोबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ स्थित साँफे-मार्तडी सडकखण्डमा सुपप्र ०१ ००१ ह ४०६३ नम्बरको अटोबाट खसेर बुढीगंगा-२ का अन्दाजी ४५ वर्षीय मोति लुहारको मृत्यु भएको प्रहरीले बताएको हो।
बिहीबार अटोबाट खसेर घाइते भएका उनको मार्तडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अटोमा चालकसहित तीन जना सवार रहेका प्रहरीले बताएको छ। चालक बडीमालिका नगरपालिका-४ का ३२ वर्षीय नरजन बुढा अटोसहित जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा रहेका बताइएको छ।