सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक विद्यालयमा चोरी गरेको आरोपमा दुई युवक पक्राउ 

२०७९ कार्तिक ३, ०६:२७ खबर संवाददाता

धनगढीः बैतडीमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द–४ का २० वर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो। पक्राउ परेका दुबैमाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

उनीहरुले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको प्रहरीको दाबी छ।
 

कमेन्ट लोड गर्नुस