सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक क्लिनिकमा लाखौं चोरी

२०७९ कार्तिक १, ०२:३५ खबर संवाददाता

धनगढी : कैलालीस्थित फूलबारीमा एक क्लिनिकमा चोरी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १९ फूलबारीकोे अप्सरा क्लिनिकमा चोरी भएको हो।

कैलाली प्रहरीका अनुसार गएराति क्लिनिकमा चोरी भएको हो। क्लिनिकको पछाडिको ढोकाको चुक्कुल काटेर चोरहरु भित्र पसेका थिए। उनीहरुले लाखौँ मूल्यका सामान तथा नगद चोरेका छन्। 

चोरहरुले ल्यापटप, दुई थान मोबाइल, झण्डै आधा तोला बराबरका सुनका गहना, चाँदीका चार ओटा बाला र क्लिनिकको काउण्टरमा राखेको नगद एक लाख रुपैँया चोरेर लगेको क्लिनिकका सञ्चालक भागीराम चौधरीले बताए।

क्लिनिकदेखि पाँच सय मिटरको दूरीमा रहेको एक घरमा पनि चोरी भएको छ। स्थानीय कोइली विकको घरमा राति चोेरी भएको हो। रातिको समयमा घर भित्र प्रवेश गरेका चोरले गहना, मोबाइल लगायत अन्य सामान लगेका हुन्। 


 

कमेन्ट लोड गर्नुस