बैतडीमा २१० मतदान केन्द्र हुने, ५ वटा केन्द्र थप
बैतडी– बैतडीमा २१० मतदान केन्द्र हुने भएका छन्।
मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लामा पाँच वटा मतदान केन्द्र थप गर्दै २१० बनाइएको हो। २०५ मतदान केन्द्र रहेको जिल्लामा ५ केन्द्र थप गर्दै २ सय १० बनाइएको हो।
जिल्लाका मणिलेक मावि गुरुखोला, शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका– ५ को कार्यालय पल्लाचौंडाली, पुर्चौंडीस्थित जनता मावि रौनालीचौर र मेलौलीस्थित कोटेश्वर आधारभूत विद्यालय केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
जिल्ला कारागारमा बैतडमा पनि एउटा अस्थायी मतदान केन्द्र राखिने भएको छ। जिल्लामा १२९ मतदानस्थल रहेका छन् भने २१० ओटा मतदान केन्द्र भएका छन्।