बैतडीको सुर्नया नदीमा डुबेर एक जनाको मृत्यु
२०७९ असोज २८, ०१:१५
बैतडी: बैतडीमा नदीमा डुबेर एक जनाको ज्यान गएको छ। पाटन नगरपालिका -६ स्थित सुर्नया नदीमा डुबेर पाटन १ जरौलीका ५३ वर्षिय नरबहादुर भट्टराईको ज्यान गएको हो।
शुक्रबार विहान नदीमा नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
कमेन्ट लोड गर्नुस