सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जुगेडामा सञ्चालित वडा क्लिनिकबाट १०८ जनाले लिए सेवा

२०७९ असोज २७, ०८:१४ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट बुधबार १०८ जनाले सेवा लिएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा सञ्चालन गरिएको वडा स्वास्थ्य क्लिनिकमा १०८ जनाले सेवा लिएका हुन्। 

नगर प्रमुख गोपाल हमाललको नीजि सचिवालयका अनुसार ५८ जनाले जनरल फिजिसियन र ३२ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञको सेवा लिएका छन्। क्लिनिकमा आँखा रोग सम्बन्धिका १८ जना, नौ जनाले प्रयोगशाला सेवा, २२ जनाले अल्ट्रासाउन्ड सेवा, ४ जनाले ईसीजी, २२ जनाले गर्भवती तथा १३ जना ७० वर्ष माथिकाले सेवा लिएका छन्। उपमहानगरपालिकाका अनुसार २ जना बिरामीलाई रेफर गरिएको छ। 

कमेन्ट लोड गर्नुस