बैतडीमा कांग्रेसका दुई ‘बागी’ उम्मेदवार पार्टीबाट निकालिए
धनगढीः नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारहरुलाई ५ बर्षका लागि कारबाही गरेको छ। पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारविरुद्ध ‘बागी’ दिएकाहरुलाई कारबाही गरिएको हो।
बैतडीमा कांग्रेसले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको जनाएको छ। कांग्रेस महासमिति सदस्य केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई कांग्रेसले कारबाही गरेको हो। उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिएको बताइएको छ।
उनीहरुका प्रस्तावक र समर्थकलाई पनि कारबाही गरिने जनाइएको छ। बारबाहीमा परेका चन्दले गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। यस्तै प्रदेश सभा क्षेत्र (१) मा प्रदेश सभा सदस्यका लागि हरिमोहन भण्डारीले बागी उम्मेदवारी दिएका छन्।