सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

२०७९ असोज २४, ०७:४९ खबर संवाददाता

काठमाडौं: नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगुबाट दुई जनाको मृत्यु भएको छ।

यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो। हाल मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको छ। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ। 


 

कमेन्ट लोड गर्नुस