बैतडीमा एमालेका उम्मेदवारले दर्ता गराए उम्मेदवारी
२०७९ असोज २३, ०४:१३
बैतडीः बैतडीमा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारी तथा प्रदेश सभाका क्षेत्र नं क का उम्मेदवार एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल र क्षेत्र ख बाट लिलाधर भट्टले उम्मेदवारी दर्ता गराएका हुन्।
आज दिउँसो मुख्य निर्वाचन कार्यालयमा पुगेर तीनै जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए।
कमेन्ट लोड गर्नुस